बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनबाट गन्तव्यहिन र सेटिङबाट बनेको सरकार छान्नुहुँदैन– केपी ओली

शनिबार, १९ कात्तिक २०७९, ०६ : ००
शनिबार, १९ कात्तिक २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन नहुने बताएका छन् । प्रवासी नेपाली मञ्चको कार्यक्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनपछि जोडजामबाट बनेको सरकार हट्ने बताएका हुन् ।

उनले भने-‘निर्वाचनपछि असंवैधानिक ढंगले सरकार हेरफेर हुने र जनताको अभिमतबाट नभइ स्वार्थको चलखेलबाट सरकार बन्ने सरकार चुन्नुहुँदैन ।’ हालको सरकारको कुनै निश्चित लक्ष्य, उद्देश्य र गन्तव्य नभएकाले देश बर्बादमा पर्ने ओलीको भनाइ छ । सोहीकारण जनताले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनबाट गन्तव्य र लक्ष्य भएको सरकार चुन्नुपर्ने बताएका हुन् ।

निर्वाचनबाट जनताले एमालेलाई चुनेपछि न्याय र उत्तरदायित्व समेतलाइ ध्यानमा राखेका र छिमेक सम्बन्धलाई कायम गर्नेगरी सरकार बनाउने उनले घोषणा गरे । ‘संविधान बनाएपछि दोस्रो निर्वाचनमा छौं,’ ओलीले भने,‘पहिलो निर्वाचनबाट हामीले देशलाई दिशानिर्देश गरेको थियौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप