जाल्पा लघुवित्तले घोषणा गर्यो लाभांश, ७३ प्रतिशत बोनस सेयर दिने
आइतबार, २० कात्तिक २०७९, ११ : ३६
जाल्पा लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको ९१ औं बोर्ड बैठकले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार कायम चुक्ता पूँजीको ७३ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ ।
यस्तै, चुक्ता पूँजीको ३.८४ प्रतिशतले हुन आउने ६१ लाख ४७ हजार रूपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । यो नगद लाभांश कर प्रयोजनका लागि दिन लागेको बताइएको छ ।
कम्पनीको बोर्ड बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा