शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'डेलिभरी'का लागि ​रणबीरसँग अस्पताल पुगिन् आलिया, अप्रिलमा भएको थियो विवाह

आइतबार, २० कात्तिक २०७९, ११ : ४९
आइतबार, २० कात्तिक २०७९

बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्ट छिट्टै आमाबुवा बन्ने भएका छन् । भारतीय सञ्चारमा प्रकाशित रिपोर्ट अनुसार आलियाले निकै छिटो आफ्नो पहिलो सन्तानलाई जन्म दिनेछिन् र यसका लागि यी दुई एच.एन रिलायन्स अस्पताल पनि पुगेको छ । आलियाले नोभेम्बरको अन्त्यमा वा डिसेम्बरको सुरुमा बच्चा जन्माउने जानकारी पहिले नै दिइएको थियो ।

अस्पताल पुगेका तस्बिर र भिडियोहरु सार्वजनिक

रणवीर र आलिया अस्पताल पुगेका धेरै तस्बिर र भिडियोहरू पनि सोशल मिडियामा बाहिरिएका छन् । केही दिनअघि उनको डेलिभरीको तयारी पनि सुरु भएको खबर आएको थियो । जबकि उनको एच.एन. रिलायन्स अस्पतालमा डिलिवरीका लागि नाम पनि दर्ता गरिएको छ । यससँगै केही दिनअघि उनको नाममा कोठा पनि बुक गरिएको थियो ।

यो अस्पताल मुम्बईको गोरेगाउँ क्षेत्रमा छ । यो त्यही अस्पताल त्यहि हो जहाँ ऋषि कपुर भर्ना भएका थिए र उनले अन्तिम सास फेरेका थिए ।

गत महिना आलियाको बेबी शावर भएको थियो

केही समय अघि आलियाको बेबी शावर कार्यक्रम सम्पन्न भयो । यस समारोहमा बी–टाउनका धेरै सेलिब्रेटीहरू उपस्थित थिए । कार्यक्रममा, भट्ट र कपूर परिवार दम्पती र उनका बच्चालाई आशीर्वाद दिन आइपुगे । यस बेबी शावरका धेरै तस्बिरहरू आलिया आफैंले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

विवाहअघि पाँच वर्ष डेटिङ

रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । यी दुईको पहिलो भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा भएको थियो । त्यसपछि यो जोडी एकअर्कालाई डेट गर्न थाले । ५ वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुले यसै वर्ष विवाह गरेका हुन् ।

विवाहको ४ महिनापछि गर्भवती भएको घोषणा गरिएको थियो

जुन २७ मा आलियाले गर्भवती भएको घोषणा गरिन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ ।’ तस्बिरमा उनी अल्ट्रासाउन्ड गराइरहेकी थिइन्, जसमा उनका पति रणवीर पनि सँगै देखिएका थिए । रणवीर र आलियाको कुरा गर्ने हो भने यी दुई पछिल्लो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा सँगै देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप