बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जया बच्चनले भनिन्, ‘नातिनीले विवाह नगरी बच्चा जन्माइन् भने पनि आपत्ति छैन, शारीरिक आकर्षण महत्वपूर्ण’

आइतबार, २० कात्तिक २०७९, १२ : २२
आइतबार, २० कात्तिक २०७९

भारतकी दिग्गज अभिनेत्री जया बच्चनले कुनै पनि सम्बन्ध टिकिराख्नका लागि शारीरिक आकर्षण असाध्यै महत्वपूर्ण भएको बताएकी छिन् । आफ्नी नातिनी नव्या नवेली नन्दाको पोडकास्ट ‘ह्वाट द हेल नव्या’ मा जयाले आफ्नो जमानामा एक्सपेरिमेन्ट (परीक्षण) गर्न नपाएको पनि गुनासो गरिन् । उनले शारीरिक पाटो असाध्यै महत्वपूर्ण भएको बताउँदै कुनै पनि सम्बन्ध माया, स्वच्छ हावा र एडजस्टमेन्ट (समन्वय) मा मात्रै नटिक्ने बताइन् । उनले नव्या नवेलीले विवाह नगरी नै बच्चा जन्माइन् भने पनि आफूलाई यसमा कुनै आपत्ति नहुने पनि बताएकी छिन् ।

जयाले भनिन्, ‘मैले यस्तो कुरा गरेको सुन्दा धेरैलाई नपच्न सक्छ तर शारीरिक आकर्षण र कम्प्याटिबिलिटी असाध्यै महत्वपूर्ण छ । हामीले आफ्नो जमानामा एक्सपेरिमेन्ट गर्न पाएनौँ तर अहिलेको पुस्ताले गर्दछ, नगर्ने पनि किन ? किनभने यो पनि दिगो सम्बन्धका लागि जिम्मेवार छन् । यदि शारीरिक सम्बन्ध भएन भने यो धेरै समयसम्म टिक्न सक्दैन । तपाईं माया, स्वच्छ हावा र एडजस्टमेन्टमा मात्रै सिमित हुन सक्नुहुन्नँ, मलाई लाग्छ । यो असाध्यै महत्वपूर्ण छ ।’

‘हामीले यस्ता कुरा आफ्नो जमानामा सोच्न पनि सक्दैनथ्यौँ, मपछिको पुस्ताले पनि, स्वेता (उनकी छोरी) को पुस्तानले समेत यस्तो सोच्न सक्दैनथ्यो,’ उनले भनिन् ।

जयाले नयाँ पुस्तालाई पनि सल्लाह दिँदै भनेकी छिन्, ‘तर आजकाmको रोमान्समा भावनाको कमी छ । मलाई के लाग्छ भने तिमीले आफ्नो सबैभन्दा मिल्ने साथीसँग विवाह गर्नुपर्छ । तिमीहरु एक–अर्कामा निकै मिल्ने साथी पनि हुनुपर्छ । तिमीहरुले सल्लाह गरेर भन्नुपर्छ, ‘मलाई लाग्छ मैले तिमीसँग एउटा सन्तान जन्माउनुपर्छ किनभने मलाई तिमी मनपर्छ । मलाई तिमी राम्रो लाग्छ त्यसैले हामी विवाह गरौँ न । समाजले पनि यस्तै भनिरहेको छ । ’ तिमीले विवाह अघि नै बच्चा जन्मायौ भने पनि मलाई समस्या छैन । मलाई साँच्चै केही समस्या छैन ।’

नव्या जया र अमिताभ बच्चनकी जेठी छोरी श्वेता बच्चनकी छोरी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप