शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालिको गठबन्धनको कुनै सैद्धान्तिक आधार छैन : अजय द्विवेदी (भिडियो)

सोमबार, २१ कात्तिक २०७९, ०६ : २५
सोमबार, २१ कात्तिक २०७९

पर्सा १ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार रहेका अजय द्विवेदी गठबन्धनले देशको राजनीतिलाई असफल बनाउने दाबी गरेका छन् । आइतबार पर्साको वीरगन्जमा रातोपाटी टिमसँग कुरा गर्दै उनले यसपालिको गठबन्धन मात्र सत्ताका लागि भएको र यसका कुनै सैद्धान्तिक आधार नभएको बताएका हुन् । 

‘हिजोको गठबन्धन सैद्धान्तिक थियो, वाम गठबन्धनले जितेको थियो, तर त्यो फेल भयो,’ उनले प्रश्न गरे, ‘सैद्धान्तिक आधारमा बनेको गठबन्धन त असफल भयो भने बिना सिद्धान्त, बिना कार्यक्रम, बिना नीतिको गठबन्धन चल्छ ? यसले देशको राजनीतिलाई अस्थिर बनाउँछ ।’ 

चार दशकदेखि नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका द्विवेदीले पाँच दलीय गठबन्धनबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका हुन् । ‘यहाँ (क्षेत्र १) सांसद पनि कांग्रेसको नहुने, मेयर पनि नहुने, जिल्ला समन्वयको सभापति नहुने, अनि यो क्षेत्रमा कांग्रेस कसरी जोगिने ?’ उनले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप