शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा एमालेको बृहत कार्यकर्ता भेला सुरु

सोमबार, २१ कात्तिक २०७९, १३ : ०७
सोमबार, २१ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३ घण्टा ढिला गरी कार्यक्रम स्थलमा प्रवेश गरेका छन् । सोमबार पोखरामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहान १० बजेको कार्यतालिका तयार भएपनि ओली १ बजे मात्र सभागृहमा प्रवेशमा गरेका हुन् । कार्यकर्ता भने बिहानै ९ बजेदेखि सभागृहमा आइपुगेका थिए । ओली प्रवेश गरेसँगै कार्यक्रम सुरु भएको छ ।

नेकपा एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली सोमबार नै काठमाडौंबाट पोखरा आएका हुन् । ओलीसँगै एमालेबाट आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई, क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) कार्यक्रममा उपस्थित छन् ।

यस्तै, गण्डकी प्रदेशसभा तर्फ कास्की १ ‘क’ का खगराज अधिकारी, १ ‘ख’  का वेदबहादुर गुरुङ ‘श्याम’, कास्की २ ‘क’ का भीम कार्की,  २ ‘ख’ का मीना गुरुङ छन् । यस्तै, कास्की क्षेत्र नम्बर ३  (१) ‘क’ का गणेशमान गुरुङ, ३ ‘ख’का राजीव पहारी कार्यक्रममा सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप