शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

सोमबार, २१ कात्तिक २०७९, १५ : ४९
सोमबार, २१ कात्तिक २०७९

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो । 

त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार भने २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये  ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमबार धौलागिरी लघुवित्तको शेयरमूल्य ८.१३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यसदिन करिव ७ प्रतिशत बढेको छ । तर यता, ग्लोवल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ । सोमवारको कारोबारमा शेयर मूल्य बढ्ने र घट्ने सबै  लद्युवित्तहरु रहेका छन् । आज कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप