शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति आइसल्याण्ड प्रस्थान (तस्बिरहरु हेर्नुहोस्)

सोमबार, २१ कात्तिक २०७९, १८ : ४१
सोमबार, २१ कात्तिक २०७९

६ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार साँझ आईसल्याण्डतर्फ प्रस्थान गरेकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ को कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति आइसल्याण्ड भ्रमणमा निस्कँदा विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायत बिदाइ गर्न पुगेका थिए । राष्ट्रपति कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप