शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अहिलेको लडाइँ संविधान बचाउने र सिध्याउनेबीचको हो : मन्त्री पौडेल

सोमबार, २१ कात्तिक २०७९, १८ : ४८
सोमबार, २१ कात्तिक २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानविरोधी भएको बताएका छन् । सोमबार बागलुङको ताराखोला गाउँपालिकाको चुनावी सभामा बोल्दै मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधान विरोधी भएको जिकिर गरे । 

पाँच दलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि भएको उनको भनाइ छ । “अहिले एकथरी संविधान बचाउने र सिध्याउनेबीचको लडाइँ हो,” बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार उनले भने “केपी ओली प्रतिगामी शक्ति लिएर हिँडेका छन्, उनी देशप्रति इमानदार छैनन् ।” ताराखोला शहिदहरुको रगतले रंगिएको ठाउँ भएको बताउँदै गठबन्धनको पक्षमा एकजुट हुन आग्रह गरे ।

बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै उनले बागलुङकै विकासका लागि जीवन्त लागिपरिरहने पनि प्रतिबद्धता व्यक्त गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप