शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बदलिँदो मौसममा चिसोबाट जोगिन कुल्ला गर्नुहोस्, बेसार हालेको दूध पिउनुहोस्, भिटामिन सी खानुहोस्

मङ्गलबार, २२ कात्तिक २०७९, १० : ३३
मङ्गलबार, २२ कात्तिक २०७९

यदि तपाईंलाई खोकी, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, दुखाइ र ज्वरो आएको छ भने तपाईं मौसम परिवर्तन र बढ्दो प्रदूषणको निशाना बन्नु भएको छ । बदलिँदो मौसमका कारण धेरै मानिसहरु बिरामी पर्न थालेका छन् । बिहान र साँझको प्रदुषण र दिन र रातको तापक्रमको भिन्नताका कारण यस्ता लक्षण बढी मानिसमा देखिन थालेका छन् । यदि तपाई पनि बदलिँदो मौसम र प्रदुषणका कारण घाँटीको समस्याबाट हैरान हुनुहुन्छ भने भारतका पूर्व मेडिकल इन्चार्ज युनानी डा. सुवास रायका यी टिप्स अपनाउनुहोस् ।

परिवर्तित मौसममा आफ्नो ख्याल राख्नुहोस्

मौसम परिवर्तन हुँदा र बढ्दो प्रदुषणका कारण मानिसलाई घाँटीमा समस्या देखिन थाल्छ । घाँटी शरीरको संवेदनशील अंग मध्येको एक हो, यसका कारण मानिसहरूले धेरै कष्ट सहनु पर्छ । घाँटीमा हल्का केही भयो भने पनि शरीरको बाँकी भागमा पनि असर पर्छ । घाँटी दुख्यो भने ज्वरोसमेत आउँछ । प्रदूषण बढेसँगै यी सबै समस्याहरू सुरु हुन थाल्छन्, जसका कारण मानिसहरूलाई सास फेर्न समस्या हुन थाल्छ । यस्तो अवस्थामा घाँटीको ख्याल राख्न यी सजिलो उपाय अपनाउनुहोस् ।

दैनिक तातो पानीले कुल्ला गर्नुहोस्

मनतातो पानीले कुल्ला गर्नाले घाँटीको खसखस, दुखाईजस्ता समस्याबाट मुक्ति मिल्छ । घाँटीको संक्रमण हटाउन गार्गल निकै फाइदाजनक हुन्छ । यसले घाँटीमा संक्रमणका कारण सुन्निने समस्या पनि कम हुन्छ, साथै मुखका सबै ब्याक्टेरिया पनि मर्ने गर्छन् ।

बेसार हालेको दूध पिउनुहोस्

बेसारले गर्मी पैदा गर्छ जुन घाँटीका लागि पनि फाइदाजनक हुन्छ । बेसारमा एन्टिसेप्टिक गुण हुन्छ र दूधमा राम्रो मात्रामा क्याल्सियम पाइन्छ । यी दुईलाई एकसाथ सेवन गर्दा फाइदा बढ्छ । बेसार हालिएको दूधले शरीरमा रहेका ब्याक्टेरिया हटाउँछ । साथै, बेसार हालिएको दूधले प्रदूषणका कारण घाँटी दुख्ने समस्याबाट पनि राहत दिन्छ ।

चिसो चीजबाट जोगिनुहोस्

घाँटीमा समस्या हुँदा सबैभन्दा पहिले चिसो चिजबाट टाढा रहनुपर्छ । यसले घाँटीको समस्या बढाउन सक्छ । सकेसम्म तातो चीज मात्र प्रयोग गर्नुहोस् र घाँटी धेरै नै दुखेको छ भने चिकित्सकलाई अवश्य पनि भेट्नुहोस् किनभने घाँटीको सानो समस्याले पनि ठूलो तनाव दिनसक्छ ।

भिटामिन सी लिनुहोस्

शरीरमा एकपछि अर्को समस्या आउन थाल्यो भने तपाईंको प्रतिरक्षा प्रणालीले राम्रोसँग काम गरिरहेको छैन भनेर बुझ्नुहोस् । यस्तो अवस्थामा रोगसँग लड्न र बचाउन भिटामिन सी लिनुपर्छ । भिटामिन सी कुनै पनि रूपमा फलफूल, तरकारी, कागती चिया, अमला वा औषधि मार्फत लिन सकिन्छ।

बाफ लिनुहोस्

रुघाखोकी वा घाँटी दुख्ने समस्या देखिएको छ भने तातो पानीको बाफ लिनुहोस् किनभने बाफ लिँदा घाँटी, नाकमा हुने संक्रमणबाट राहत मिल्नसक्छ । घाँटीको समस्याबाट बच्न चाहनुहुन्छ भने केही चिजबाट टाढै रहनुहोस् ताकि यस्ता समस्या भोग्नु नपरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप