बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित एक जना पक्राउ

बुधबार, २३ कात्तिक २०७९, ०७ : २९
बुधबार, २३ कात्तिक २०७९

प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वाड नं. ४ स्थितमा संजय होटलबाट एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । 

हिजो साँझ होटलमा  बसिरहेका रौतहट चन्द्रनिगाहपुर ६ गुम्बाटोल बस्ने वर्ष ३२ का करण राईलाई लागु औषध नाईट्रोभेट ६४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतलसहित पक्राउ गरेको हो । 

निजबारे थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप