शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगरसँगको मनमुटावले रोकियो करणको फिल्म

बुधबार, २३ कात्तिक २०७९, १० : ०२
बुधबार, २३ कात्तिक २०७९

बलिउड निर्माता तथा निर्देशक करण जोहरले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । 

एक्सन फ्लेभरको फिल्म भनिए पनि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ । समाचार अनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो । 

फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ पछि करणले टाइगरसँग एक फूल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र त्यसका लािग ‘स्क्रु ढिला’को घोषणा गरेका थिए ।

टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए । त्यही कारण करणसँग पारिश्रमिकको विषयमा टाइगरले कुरा गरेका थिएनन् । तर टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड रुपैयाँ मागेको कुरा सुनेपछि करण चकित परेको बताइन्छ ।

करणले टाइगरको टिमलाई महामारी र मन्दीका कारण कोही पनि निर्माता कलाकारलाई यति पारिश्रमिक दिन नसक्ने भन्दै फकाउन खोजेका थिए । तर पनि टाइगर आफ्नो अडानबाट पछि हटेनन् । अन्ततः करणले फिल्मको काम अनिश्चितकालका लागि रोक्ने निर्णय लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप