हप्तामा तीन पटक मात्रै ओछ्यानबाट उठ्छिन् ब्रिटनी : यस्तो रोग लाग्यो, भन्छिन् - बस भगवानको सहारा
पप सेन्सेसन ब्रिटनी स्पीयर्सले आफ्नो स्वास्थ्यलाई लिएर चकित खुलासा गरेकी छन् । उनले आफ्नो शरीरको दाहिने हिस्साको नर्व ‘ड्यामेज’ भएको जानकारी दिएकी छन् । ब्रिटनीका अनुसार यो रोगको कुनै उपचार छैन । उनले लामो पोस्ट लेख्दै आफ्नो पीडा पोखेकी छन् ।
ब्रिटनीले नृत्य गर्दै आफ्नो भिडियो शेयर गरेकी छन् । जसमा उनी खुलेर नाँचेकी छन् । ‘म नाँचिरहेकी छु । मेरो शरीरको दाँया हिस्साको नर्व ड्यामेज भएको छ । यसको कुनै उपचार छैन । बस भगवानको सहारा नै हो । यो रोग त्यही बेला लाग्छ, जब तपाईंको दिमागसम्म अक्सिजन पुग्दैन । तपाईंको दिमागले काम गर्न बन्द गर्छ । नर्व ड्यामेजका कारण तपाईंको शरीरको भाग शुन्य हुन्छ’, उनले लेखेकी छन् ।
यो रोगलाई डरलाग्दो भनेकी छन् । ‘यो हसाउने कुरा हो कि जब म नृत्य गर्छु, तब पीडाको महशुस हुँदैन । यस्तो लाग्छ कि मेरो मन त्यो ठाउँमा पुग्छ, जहाँ मेरो भित्री बच्चा जिउँदो छ । म त्यसरी चल्न सक्दिनँ, जसरी म चाहन्छु ।’, उनले भनेकी छन् ।
ब्रिटनीका अनुसार उनी हप्तामा तीनपटक मात्र ओछ्यानबाट उठ्छिन् । उनको शरीरको दायाँ भागमा सुई र पिनले घोचेजस्तो घोच्ने गदद्र्यछ । यो पीडा उनको गर्धनसम्म जान्छ । यसको ठूलो पीडा उनको दिमागमा हुने गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण