शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक हजार चार सयले बढ्यो सुनको मूल्य

बुधबार, २३ कात्तिक २०७९, १२ : १६
बुधबार, २३ कात्तिक २०७९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रति तोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रति तोला रु ९५ हजार चार सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रति तोला रु ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार पाँच सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप