शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ३९ अंकको गिरावट, १ अर्ब ४० करोडको कारोबार

बुधबार, २३ कात्तिक २०७९, १५ : ४६
बुधबार, २३ कात्तिक २०७९

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३९.१५ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा झण्डै ४० अंकले घटेर बन्द भएको हो । उच्च अंकको गिरावट आएसँगै परिसूचक १९ सय १७ अंकमा पुगेर रोकिएको छ ।

यस्तै, आज सेन्सेटिभ समूहमा ७.६८ अंकको गिरावट आएको छ । २ प्रतिशतले घटेसँगै यो समूहको परिसूचक ३७६.५३ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएर १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर परिसूचक उच्च अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ । यीमध्ये जीवन बीमा समूहमा १९९ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १४४ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १३६, लघुवित्त समूहमा ११९ र विकास बैंक समूहमा ११० को गिरावट आएको छ ।

यता वित्त समूह ७७ अंकले घट्दा जलविद्युत समूहमा ५३ अंकको गिरावट आएको छ । यस्तै, बैंक, व्यापार, होटल र टुरिजम, अन्य, म्यूचुअल फण्ड र लगानी समूहमा समेत गिरावट आएको छ । सेयर बजार उच्च अंकले घटेको दिन अप्पर हेवाखोला जलविद्युत आयोजनाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।

यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको वृद्धि आएको छ । यससँगै, प्रति कित्ता २७ रुपैयाँले बढेर सेयर मूल्य ३९१ रुपैयाँ पुगेको छ । यस्तै, आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ । यससँगै, प्रतिकित्ता २६ रुपैयाँले घटेर कम्पनीको सेयर मूल्य ३०१ रूपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप