देश भक्तिले भरिएको गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक
देश भक्तिको भावनाले भरिएको राष्ट्रिय गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक गायिका यम बराल र माण्डबी त्रिपाठीको स्वर रहेको गीतको शब्द टिएन आचार्यले कोरेका हुन् ।
देशका लागि जीवन अर्पण गर्ने महान् सहिद र देश बनाउन अहोरात्र मिहिनेत गर्ने श्रमजीवीप्रति समर्पित गीतले सबैले एकजुट भएर हात मिलाए मात्र देश बन्ने कुरोमा जोड दिएको छ । सबै मिले मात्र समाजवादको बाटो दरिलो हुने भावना समेत गीतले व्यक्त गरेको छ ।
रोमान्टिक लोकशैलीमा तयार गीतमा इतिहासको बलिदानले गणतन्त्र आएको र समावेशी र समाजवाद राम्रो भएको वर्णन गरेको छ । अन्यायको विरुद्धमा लड्ने नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको समेत चर्चा गरिएको गीतमा इतिहासले नपुगेकोले बर्तमानमा देश बनाएर संवृद्धि ल्याउनुपर्ने भावना समेत समेटिएको छ ।
देशलाई कृषि, उद्योग, पर्यटनमा सक्षम बनाउनुपर्ने भावना पनि समेटिएको गीतले चुनावमा कुशल, राम्रा र सक्षम नेता छान्न समेत प्रेरित गरेको छ । गीतको भिडियो पनि आकर्षक बनेको छ । गीतले सबै मिलेर देश राम्रो बन्न सक्ने भावना जगाउन सफल छ । चेतन सापकोटाको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण