शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको नयाँ मोबाइल ए ०४ बजारमा, के-के छन् विशेषता ?

बिहीबार, २४ कात्तिक २०७९, ०८ : ५५
बिहीबार, २४ कात्तिक २०७९

युवा पुस्तालाई लक्षित गरे सामसङले ग्यालेक्सी ए ०४ मोबाइल नेपाली बजारमा ल्याएको छ ।

ग्यालेक्सी ए०४ मा क्यामेराको गुणस्तरमा सुधार ल्याउनुको साथै अन्य एपमा पनि अपग्रेड गरिएकोले युवा प्रयोगकर्ताहरूले रुचाउने कम्पनीको विश्वास रहेको छ । 

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौँ । यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्ट फोन ग्यालेक्सी ए ०४ लन्च गर्दै छौं जसले तपाइँको सबै पलहरूलाई यसको उत्कृष्ट ५० एमपी क्यामेराबाट  क्याप्चर गर्दछ  ।“

नयाँ ग्यालेक्सी ए ०४ मा ५० एमपी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । मोबाइलमा ५००० एम ए एचइन–बक्स ब्याट्री र  १५ वाट फास्ट चार्जरले समावेश छ । साथै, ६.५ इन्च फुल–स्क्रिन र डल्बी एटमसको आवाज रहेकोले मोवाइलमौ चलचित्रहरूको आनन्द लिन सकिने कम्पनीको विश्वास रहेको छ । 

सामसङ ग्यालेक्सी ए ०४ र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ । ४ जीबी + ६४ जीबी  भेरियन्टको मूल्य रु १६,९९९ र ३ जीबी + ३२ जीबी भेरियन्टको मूल्य रु १४,९९९ रहेको छ ।  यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप