शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकताको फिल्मबाट निकालिइन् दिशा पटानी

बिहीबार, २४ कात्तिक २०७९, १० : ०६
बिहीबार, २४ कात्तिक २०७९

विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन् । अभिनेता टाइगर श्राफसँगको प्रेम र सामाजिक सञ्जालमा रंगीन उत्तेजक तस्वीर पोस्ट गरेर चर्चामा आइन् ।

उनको पछिल्लो फिल्म ‘राधे’ र ‘एक भिलेन रिटर्नस’ बक्सअफिसमा कमजोर साबित भयो । हालका दिनमा हिन्दी फिल्मको बक्स अफिस कमजोर बन्दै गएको छ । बलिउडमा साउथको दबदबाले जोकोही बलिउडका कलाकार साउथमा भूमिकाको खोजीमा छन् । दिशाले पनि साउथमा एक–दुईवटा फिल्म पाएकी छन् । तर यो बहानामा उनले बलिउडको एक ठूलो फिल्म गुमाउनु परेको छ ।

निर्माता एकता कपुरले उनलाई होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट निकालेकी छन् । दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो ।

लकडाउन पछि दिशा र निर्माताबीच केही कुरामा असहमति भयो र निर्माताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिए । एकताले यो फिल्मका लागि तारा सुतारिया र श्रद्धा कपूरसँग कुराकानी गरेकी छन् । यी दुवैले यसअघि पनि एकताको प्रोडक्सन हाउसको फिल्ममा काम गरिसकेका छन् ।

एकता निकट स्रोतका अनुसार दिशाले एकताको प्रोडक्सन हाउसलाई काम गर्नका लागि शर्त राखेपछि एकता रुष्ट बनेकी थिइन् । दिशाले क्रिएटिभ मामलाका अलावा अन्य विषयमा शर्त राखेकी थिइन् । लकडाउन खुलेपछि पनि विवाद बढ्दै गएपछि एकताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिइन् ।

‘केटीना’ एकताको वास्तविक जीवनमा आधारित फिल्म हो । त्यहीकारण उनी यो फिल्मसँग नजिक छिन् । यसका लागि उनी सबै कुरा उत्कृष्ट चाहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप