बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : केपी ओली

बिहीबार, २४ कात्तिक २०७९, १४ : ५१
बिहीबार, २४ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् । 

‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो । हाम्रो पार्टी शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो । अब यी उपलब्धीहरुको रक्षा यसै पार्टीले गर्छ’, ओलीको भनाइ छ । उनले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको भन्दै उनले जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको समेत बताए । 

उनले गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम नै नभएको भन्दै गठबन्धन कायम राख्ने भनेका दलहरूले आ-आफ्नै घोषणापत्र जारी गरेको बताए । उनले अब नेपालमा फुटेका हाडीका खपटा जोडे जसरी जोडेर सरकार नबन्ने भन्दै राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो गर्न सक्ने एमाले मात्रै रहेको दावी गरे । 

ओलीले राप्रपासँग एमालेले केही स्थानमा चुनावी तालमेल गरेको भन्दै भएको सहमतिको पालना गर्न एमाले प्रतिवद्ध रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माओवादी र एमाले पार्टी एकता गरिएपनि प्रचण्डको चुलबुले बानीले पार्टी एक रहन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप