सांगीतिक प्रस्तुतिका लागि गायक राजेशपायल राई लन्डनमा
नेपालका चर्चित गायक राजेशपायल राई लन्डन आइपुगेका छन् । दर्शकबाट ‘राई इज किङ’ उपाधि पाएका गायक राई यही नोभेम्बर १२ मा हुने किरात राई यायोक्खा (किराया) बेलायतले आयोजना गरेको एकल सांगीतिक साँझ कार्यक्रममा सहभागी हुन उनी बुधबार बेलुका लन्डन उत्रिएका हुन् ।
राईलाई स्वागत गर्न विमानस्थलमा किराँत राई यायोक्खा बेलायत अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्षहरू क्या. सुमन चन्द्र राई, मेजर दिल कुमार राई, अनिता राई, महासचिव चन्द्रवती राई एवं उप-महासचिव प्रमिला लाबुङ राई लगायतका पदाधिकारीहरू उपस्थित भएका थिए । सो अवसरमा गायक राईका पिता रत्न राई सहित अन्य थुप्रै बेलायतवासीहरुको पनि उपस्थिति रहेको थियो ।
लाइभ ब्याण्डसहित 'राजेश पायल राई एकल साँझ' नामक भव्य सांगीतिक कार्यक्रममा राईले आफ्ना लोकप्रिय दर्जनौं गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रममा राईलाई बेलायतका चर्चित वाद्यवादकहरुको साथ दिनेछन्, जसमा लिड गिटारमा सरोज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पचे, ड्रममा प्रवेश गुरूङ र रिदममा विकल थापा रहेका छन् । गायक राईको साथमा स्थानीय कलाकारहरूले पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।
बेलायतबासी नेपाली गीतसंगीत प्रेमी दर्शकलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आयोजकले आव्हान गरेको छ । कार्याक्रमस्थल एम्पायर हलमा करिब एक हजार दर्शक अट्न सक्ने क्षमता रहेको छ । कार्यक्रमको तयारी पूरा भएको संस्थाकी उप-महासचिव एवं मिडिया संयोजक प्रमिला लाबुङ राईले जानकारी दिइन् । उक्त कार्यक्रम गत जुलाई २४ मा निर्धारित गरिएको भएपनि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण