बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

बिहीबार, २४ कात्तिक २०७९, १६ : ०६
बिहीबार, २४ कात्तिक २०७९

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको थियो । त्यसयता हिजो बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको थियो । जुन, आज बिहीबार २६.५२ अंकले घटेको हो । यससँगै परिसूचक १८ सय ९३ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूह समेत ४.१७ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ ।

यस क्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रूपैयाँ बराबरको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । हिजो बुधबार १ अर्ब ४० करोड बराबरको ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको थियो ।

कारोबार समयदेखि घट्न थालेको नेप्सेमा निर्जीवन बीमा समूहमा ८८ अंकको गिरावट आएको छ । यस्तै, जीवन बीमा समूहमा ६९ अंक, उत्पादनमूलक समूहमा ६३ अंक, लघुवित्त बीमा समूहमा ५० अंकको गिरावट आएको छ । यसबाहेक अन्य समूहमा समेत गिरावट आएको छ ।

बजार दोहोरो अंकले घटेको दिन नेप्सेमा अप्पर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरैले गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिकित्ता ३६४ रूपैयाँमा आइपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप