शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब एमाले अध्यक्ष ओलीले दुइटी नानीलाई फोटो खिच्न बोलाए...

शुक्रबार, २५ कात्तिक २०७९, ०८ : ०६
शुक्रबार, २५ कात्तिक २०७९

नेकपा एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली यतिखेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । बिहीबार उनी झापाको सुरुङ्गामा चुनावी सभामा थिए । प्रहरी र म्यादी प्रहरीको सुरक्षा घेराभित्र सभा चलिरहेको थियो । सभा सकिएपछि मञ्चको अगाडि दुइटी नानीले अध्यक्ष ओलीको फोटो खिच्दै थिए ।

यो देखेपछि अध्यक्ष ओलीले उनीहरूलाई हातले इसारा गरी मञ्चमै बोलाए । सुरुमा नानीहरूले पत्याएनन्, ओलीले दोहोर्‍याएर इसारा गरेपछि मञ्चतिर बढेका उनीहरूलाई सुरक्षाकर्मीले रोके । ओलीले सुरक्षाकर्मीलाई पनि इसारा गर्नुपर्‍यो । 

यसरी मञ्चमा पुगेका ती नानीहरू निकै प्रफुल्लमा मुद्रामा देखिन्थे । सोफामा ओलीको दायाँबायाँ बसेर उनीहरूले सेल्फी खिचे–टिकटक खिचे । मञ्चमा भीड हुन थालेपछि ओली मञ्चको अगाडि आए । त्यसपछि पनि फोटो र भिडियो खिच्नेको भीड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप