बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिकट बिक्रीमा कान्तराको रेकर्ड

शुक्रबार, २५ कात्तिक २०७९, ११ : ०३
शुक्रबार, २५ कात्तिक २०७९

ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्स अफिसमा धमाल मच्चाइरहेको छ । फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ ।

पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० करोड रुपैंयाँको कमाई गरेको छ । फिल्मको विश्वव्यापी कमाई ३५३ करोड रुपैंयाँ बढी छ ।

फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय छ । ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको यो फिल्म १४ अक्टोबरमा हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज भएको थियो । सबै भाषामा ४१ दिनमा फिल्मले देशमा २ ७६ दशमलब ५६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ । जबकि यसको ग्रस कमाई करिब ३२५ करोड रुपैंयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप