शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेलाई जिउँदै टोक्ने कोसिस भयो : अध्यक्ष ओली

शुक्रबार, २५ कात्तिक २०७९, ११ : २४
शुक्रबार, २५ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताए । 

‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ’, ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए । 

‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, उनले भने, ‘उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’ 

सम्बोधनको सुरुमै अध्यक्ष ओलीले जसपाका नेता अशोक राईलाई आफ्नो उपाध्यक्ष भएको टिप्पणी गरे ।  ‘२०४७ साल वैशाख १८ गतेको धरानमा भएको कार्यक्रममा मसहित अशोक राई पनि हुनुहुन्थ्यो । भीम आचार्य र अरु साथीहरू पनि हुन्नुहुन्थ्यो’, अशोक राईतर्फ फर्केर उनले भने, ‘अशोक राई त मेरो उपाध्यक्ष नै हो नि !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप