नेपथ्यको नयाँ गीत ‘भट्भटे’
नेपाली लोकरक ब्याण्ड नेपथ्यले ‘भट्भटे’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । बेग्लै स्वाद र संवादमा नयाँ गीत ल्याएको हो । तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोसेलीको रुपमा यो गीत ल्याएको हो ।
छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’ बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको ब्याण्डले तिहारअघि सार्वजनिक गीत ‘नैनताल’ यो एल्बमको अन्तिम गीत बताएको थियो । एघारौं एल्बमको पहिलो गीत ‘भटभटे’ गीत ६ बर्ष अगाडि नै रेकर्ड भएको हो ।
गीतले राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सहि दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो औंल्याएको छ ।
यो सृजना मार्फत गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङले बताए । ‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दै आएको हुँ,’ अमृतले भने ‘यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु ।’ मोटरसाइकल हाँक्दाको उन्मुक्तता गीतमा प्रतिविम्वित हुनपुगेको उनको धारणा रहेको छ ।
सडकमा गुड्ने मोटरसाइकलहरुले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदिक्षा भने यी दुवै भद्रगोल नभइ अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ । गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ ।
गीतको म्यूजिक भिडियो पनि बनेको छ । भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ । भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लश्कर पनि उपस्थित हुन्छ । कतै ढल्केर हाँकिएको छ, कतै मच्चिएर हाँकिएको छ । यो लश्कर गीतसँगै काठमाडौंका थुप्रै परिचित स्थलहरुबाट गुज्रेपछि अन्तिममा विमानस्थल पुग्छ । गीतको भाव अनुसारै यसमा विभिन्न ‘इफेक्ट’ प्रयोग गरिएको छ ।
सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन् । म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण