निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा
शुक्रबार, २५ कार्तिक २०७९, २० : ४८

आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो ।
त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार ढल्यो
-
माओवादी केन्द्रीय समिति बैठकका तीन एजेण्डा
-
नागरिक उन्मुक्तिका सांसदले भने–सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा