बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय र मृतकका परिवारबीच सहमतिपछि खुल्यो कर्णाली राजमार्ग

शनिबार, २६ कात्तिक २०७९, ०७ : १०
शनिबार, २६ कात्तिक २०७९

जुम्लामा स्कुल बसको ठक्‍करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द कर्णाली राजमार्ग खुलेको छ । 

तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर बजारतिर आउँदै गरेको निजी कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु हुँदा आफन्तजनले बिहीबार देखि  सडक ठप्प पारेका थिए ।उनीहरुले सडकमै पर्खाल लगाएर,काठ तेर्स्याएर सडक बन्द गरेका थिए । 

बन्दका कारण सयौं सवारीसाधन रोकिएका थिए । मृतकका आफन्त तुलराज गिरीले सरकारी मापदण्डअनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको बताए । सहमतिपछि आफन्तले शव बुझेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप