बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न शीर्ष स्थानमा कायम

आइतबार, २७ कात्तिक २०७९, ०६ : ४७
आइतबार, २७ कात्तिक २०७९

एरिक म्याक्सिम चुपो मोटिङले आफ्नो गोल वर्षा जारी राख्दा बायर्न म्युनिखले साल्केलाई हराउँदै शीर्ष स्थानमा रहन सफल भएको छ । शनिबार बायर्नले साल्केलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो ।

खेलको ३८ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पछिल्ला ९ खेलमा उनको यो १० औँ गोल हो । 

बायर्नले सबै प्रतियोगितामा १० खेलमा जीतमा हासिल गरेको छ । लिगमा उसको यो लगातार छैटौँ जीत हो । १५ खेलपछि बायर्नको ३४ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको २८ अङ्क रहेको छ । लेइपजिगले शनिबार नै वेर्डर ब्रेमेनलाई २–१ गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप