कर्णालीका ३ सय ४८ कैदीबन्दीले पाए मताधिकार
आइतबार, २७ कात्तिक २०७९, ०८ : ०४

कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३ सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।
फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। कर्णाली प्रदेशका ९ जिल्लाका ३ सय ४८ जना कैदीबन्दीले मताधिकार गर्नेछन् ।
जुम्ला कारागारका १ सय ७ जना कैदीबन्दीमध्ये १४ जनाले मतदान गर्न पाउने छन्। जुम्लामा मताधिकार पाएका १४ जना सबै पुरुष छन्। कैदीबन्दीको मताधिकार प्रयोग गर्नका लागि कारागारमा अस्थायी मतदान व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताए।
उनले भने कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा