जुम्लामा निर्वाचनका लागि खटिए ८ सय ४८ कर्मचारी

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाका अनुसार जिल्लाका १ सय ८ मतदान केन्द्रमा ती कर्मचारी खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार १ सय ८ जना मतदान अधिकृत र १ सय ८ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको हो । उनले ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना खटाइएको जानकारी दिए । यस्तै ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको उनको भनाइ छ ।
कार्यालयका अनुसार २ सय ५१ भन्दा तल मतदाता भएको स्थानमा ७ जना र २ सय ५१ भन्दा माथि मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको हो । कर्मचारीलाई तालिमसहित आवश्यक सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू
-
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
-
मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा
-
नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न : पार्टीको तल्लो तहलाई बलियो बनाउन माग
-
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै