बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भीरबाट लडेर गाउँपालिका कर्मचारीको मृत्यु

आइतबार, २७ कात्तिक २०७९, ११ : ५५
आइतबार, २७ कात्तिक २०७९

खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको सिगास गाउँपालिका-८ की २७ वर्षीय सरस्वती धामी, बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।

मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । बैतडीका ठाउँमा महिलाहरू भीरमा खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् । गत साउन यता सात जनाको ज्यान गइसकेको छ । हिउँदमा पशुचौपायालाई खुवाउन खर फागलाबाट काटेर थुप्रो बनाउने चलन छ ।
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप