ओलीले देउवालाई भने– ‘गृहमन्त्री हुँदा १२२ जना मान्छेको हत्या गर्नुभयो’
आइतबार, २७ कार्तिक २०७९, ०६ : ०१

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माओलीले एमालेले देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको बताएका छन् । एमाले जनताका नाममा आतङ्क मच्चाउने पार्टी नभइ देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीले बताए ।
चुनावी सभालाई सम्बोधन गर्न दैलेखको जम्बुकाँध पुगेका ओलीले पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई के काम गर्नुभयो ? भन्दै प्रश्न गरे । उनले आफ्नो पार्टीले नै सबै काम गरेको दाबी गरे । उनले देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाए ।
उनले भने,‘ देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार
-
आन्तरिक विवाद चुलिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन
-
नुवाकोटको बेतिनीमा टाटासुमो दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो