‘दुनियाँले चकित हुनेगरी एमालेले बहुमत ल्याउनुपर्छ’
यो सरकार म्यादी जस्तो भइसक्यो
आइतबार, २७ कात्तिक २०७९, ०८ : ००
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुनियाँलाई चकित पार्ने गरि एमालेले बहुमत ल्याउने बताए । त्यसपछि एमालेकै सरकार बनाउने उनको दाबी छ । आइतबार वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले ‘ट्वान्टी ग्यारेन्टी’ भन्ने चुनावी घोषणापत्रमै ल्याएको उनले बताए । ‘त्यो भनेको देश बनाउने र समृद्धि ल्याउने ग्यारेन्टी हो,’ओलीले भने,‘ यो सरकार म्यादी जस्तो हो म्याद सकियो ।’
४० मिनेट बोलेका ओलीले अधिकांश समय माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्नमै खर्च गरे । यतिमात्र होइन ओलीले यो देशमा जति विकास भएको छ त्यो एमालेले मात्रै गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ