शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, २७ कात्तिक २०७९, २० : ५७
आइतबार, २७ कात्तिक २०७९

आज २०७९ कार्तिक २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा गठबन्धनविरुद्ध गर्जिए ओली, बिरामीको बहाना बनाएर चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग : आयोग, सपना पूरा हुने आशमा गोरखाका सहिद परिवार, काठमाडौं–२ मा कसले मार्ला बाजी ?, रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडीमा आक्रमण, शशांकलाई कांग्रेसको त्रास, कृष्णलाई कांग्रेसकै आश लगायत छन् ।

१. गठबन्धनविरुद्ध गर्जिए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका तीन जिल्लामा आइतबार चुनावी सभालाई सम्बोधन गरेका छन् । उनले चुनावी सभामा सत्तारुढ गठबन्धनको आलोचना गरेका छन् । खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई उनले निसाना बनाएर अभिव्यक्ति दिए ।

२. बिरामीको बहाना बनाएर चुनाव प्रचारमा हेलिकप्टर प्रयोग : आयोग
निर्वाचन आयोगले बिरामीको बहाना बनाएर चुनाव प्रचारमा हेलिकप्टर प्रयोग हुन थालेको भन्दै आपत्ति जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे आयोगमा दुई वटा उजुरी आएको भन्दै गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताए । 

​३. सपना पूरा हुने आशमा गोरखाका सहिद परिवार 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न निर्वाचनमा चितवन छाडेर गोरखाबाट उम्मेदवारी दिएपछि गोरखाका सहिद परिवार आफूहरूको सपना पूरा हुने आशमा छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा चुनाव प्रचार पनि तीव्र बनेको छ । यसै क्रममा काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुयाँल, राप्रपाकी कुन्ती पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतमबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ  । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नवलपुर–१ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका छोरा शशांक कोइराला र एमाले निकट विद्यार्थी संगठनको राजनीतिबाट आएका कृष्णप्रसाद पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

७. मृत्यु भइसकेका मानिसले ‘भत्ता पाएनौँ’ भनेनन् भन्दै गाविस सचिवलाई सफाइ !
सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बसाइसराई गरेर गइसकेका, मृत्यु भइसकेका आदि व्यक्तिको नाममा पनि नक्कली कागजात र औँठाछाप तयार पारी सरकारी रकम दुरुपयोग गर्ने दुई गाविस सचिवहरूलाई विशेष अदालतले सफाइ दिएको पाइएको छ ।

विशेष अदालतले आफ्नो फैसलामा रकम हिनामिना गरिएको कुरा स्वीकार गरे पनि हिनामिना भएको रकम प्रतिवादीबाट नै फिर्ता लिने तर प्रतिवादीहरूलाई भ्रष्टाचारको मुद्दाबाट सफाइ दिने अचम्मको फैसला गरेको पाइएको हो ।

निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरु मतदातालाई रिझाउन व्यस्त देखिन्छन् । तर विभिन्न स्थानका सुकुमबासीहरु आफ्नै दुःख, पीडाले पिल्सिएका छन् ।

९. क्रिकेटका नयाँ कप्तान भन्छन्– देशको प्रतिनिधित्व गर्न पाउनु गौरवको कुरा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान रोहित कुमार पौड्यालले देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताएका छन् । रोहितलाई नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।

१०. र यो पनि,
दैलेखको आठबीस नगरपालिका, राकमका बाढी पीडितहरु आफूले राहत नपाएको भन्दै गुनासो गरिरहेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बङ्गलादेशलाई आयोजना गर्न दिने निर्णय गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप आयोजनाको तयारी मात्र होइन, उपाधि नै जित्ने तयारीमा पनि लाग्ने बताएको छ ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप