मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लेस्टरमा गोर्खा सैनिकहरूले ‘स्मरण दिवस’ मनाए

सोमबार, २८ कात्तिक २०७९, ०८ : ४९
सोमबार, २८ कात्तिक २०७९

बेलायतको लेस्टरमा गोर्खा सैनिकहरूले ‘स्मरण दिवस’ मनाएका छन् । कोलभिल नेपाली समाजका अध्यक्ष कुमार राईको अनुसार नर्थ वेस्ट लेस्टरसायर डिस्ट्रिक्ट काउन्सिल र रोयल ब्रिटिस लिजनको संयुक्त आयोजित कार्यक्रममा पूर्व बेलायती सैनिकहरू कोलभिल परेडले स्थानीय क्राइस्ट चर्चबाट बिहान १०.३५ बजे होटल स्ट्रिट र हाई स्ट्रिट हुँदै, मेमोरियल स्क्वायरमा रहेको युद्ध स्मारकमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए । 

यता चुडाक मगरले भने, ‘स्मरण दिवस हामीले गुमाउनु परेकाहरूलाई प्रतिबिम्बित गर्ने र सम्झने र विश्वभर द्वन्द्वमा सेवा गरिरहेकाहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो ।त्यसैले हरेक वर्ष मेरो परिवारको साथ दिवसमा भाग लिँदै आइरहेको छु ।’ उक्त युद्ध स्मारकमा योद्धाहरूका सम्मानका लागि दुई मिनेट मौन धारणा गरिए पछि पाइपर धुन बजाइएको दिवसमा विभिन्न ओहोदाका व्यक्तित्वहरूले फूल गुच्छा चढाएर समर्पण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप