बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामान उठाएर एक–अर्कामाथि फ्याँकिरहेको भेटिए अक्टोपस

सोमबार, २८ कात्तिक २०७९, १६ : ४८
सोमबार, २८ कात्तिक २०७९

अक्टोपस एक्लै बस्न मन पराउँछ, यिनीहरु यसै स्वभावका लागि परिचित छन् । तर अष्ट्रेलियाको जर्विस बेमा ग्लुमी अक्टोपस भनिन् अक्टोपस टेट्रिकस आफ्नो स्वभावभन्दा भिन्न व्यवहार गरिरहेका छन् ।

सेफलोपड अनुसन्धानकर्ताको एक समूहले पानी मुनी अक्टोपसको भिडियो सुट गरे ताकि यिनिहरु कसरी बस्छन्, एक–अर्कासँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा पत्ता लाग्न सकोस् ।

पानीबाट क्यामेरा निकालेपछि अनुसन्धानकर्ताले २० घण्टाभन्दा पनि बढी समयको फुटेज हेरे । एन्कोरेजमा अलास्का प्यासिफिक युनिभर्सिटीका बिहेवियरल इकोलोजिस्ट तथा शोधका सह–लेखक डेभिड स्किलले उक्त भिडियो हेर्दा आफूलाई अक्टोपस टिभी हेरिरहेको जस्तो भान भएको बताए ।

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार उनले भने, ‘हामीले निकै अचम्मको व्यवहार देख्यौँ । अक्टोपसले आफ्नो टेन्टाकल्सको मद्दतले सेल, समुद्रका फोहोर, लेऊ जम्मा गरे र त्यसलाई टाढा फ्याँके । आफ्नो साइफनको मद्दतले उनीहरुले पानीसँगै यी वस्तुहरु फ्याँकिरहेका थिए । कहिलेकाँही यस्तो पनि लाग्यो सकि उनीहरु फोहोर वा बाँकी भएको खाना पनि फ्याँकिरहेका थिए । कहिले यस्तो लाग्यो कि उनीहरु एक–अर्कामाथि केही वस्तुहरु फ्याँकिरहेका थिए ।’

टिमले के सुराग पाए भने अक्टोपसले जानीजानी एक अर्कालाई निशाना बनाइरहेका थिए । उनीहरु एक अर्कामाथि निकै तेज गतिमा चिजहरु फ्याँकिरहेका थिए । र यस्तो त्यतिबेला भइरहेको थियो जब वस्तुहरु फ्याँक्ने अक्टोपस आफ्नो शरीरको रङलाई गहिरो रङ वा मध्यम रङमा फेरिरहेको थियो । यो भिडियोमा अक्टोपसको यो व्यवहार देख्न सकिन्छ ।

डेविड स्किल भन्छन्, ‘आखिर उनीहरुले यस्तो व्यवहार किन गरिरहेका थिए, हामीले बुझ्न सकिरहेका थिएनौँ । यस्तो गरेर सायद उनीहरुलाई यो बुझ्न मद्दत मिल्छ कि उनीहरु आसपास धेरै अक्टोपस छन् । अर्को शब्दमा भन्ने हो भने सायद सामाजिक रुपमा उनीहरु यसरी नै बस्छन् होला ।’

इटलीमा नेपल्स फेडरिको II युनिभर्सिटीमा  अक्टोपस न्युरोबायोलोजिस्ट तामार गुटनिकका अनुसार यो शोधले यी चलाख जनावरको सामाजिक जीवनलाई बुझ्न मद्दत मिल्छ । यी विशेष अक्टोपसका लागि, यो वातावरण यस्तो छ कि यिनीहरु एकै तरिकाले अन्तरक्रिया गर्छन् । यिनीहरु एक–अर्कासँग समान रुपमा सम्पर्क गर्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप