शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैँकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

मङ्गलबार, २९ कात्तिक २०७९, ०७ : ५०
मङ्गलबार, २९ कात्तिक २०७९

“सबल बैँक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्यलगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैँकका डेविड कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकका ग्राहकहरुले The Himalayan Grill By Bajeko  का सम्पूर्ण सेवामा १५ प्रतिशत, Kundalini Ayurveda ​ ​ का सेवाहरुमा अधिकतम २० प्रतिशत, Tsubaki Beauty Saloon & Enterprises Pvt. Ltd​ का सेवाहरुमा १० प्रतिशत, Opulence Aesthetics Pvt. Ltd. ​ का सेवाहरुमा १० प्रतिशत र Opulence Aesthetics Pvt. Ltd. ​ का सेवाहरुमा अधिकतम २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप