त्रिविले परीक्षा लिएको १५ महिनापछि नतिजा सार्वजनिक गर्यो
मंगलबार, २९ कार्तिक २०७९, १९ : ०९

त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएकाे १५ महिनापछि चार वर्षे बिएकाे नतिजा प्रकाशित गरेकाे छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ साउनमा लिएकाे चार वर्षे बिए प्रथम वर्षकाे नतिजा प्रकाशित गरेकाे हाे।
नतिजा त्रिवि पनिकाको वेबसाईट www.tuexam.edu.np बाट हेर्न सकिनेछ । त्यस्तै BA Symbol No टाइप गरी 33624 मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । लामाे समयदेखि परीक्षा प्रकाशन गर्न नसकेकाे भन्दै त्रिवि र परीक्षा नियन्त्रण कार्यालयकाे विराेध भईरहेकाे थियाे। परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा अध्ययन गर्दै आएका छन् । तेस्रो वर्षमा पुग्दा पनि त्रिविले नतिजा प्रकाशन गर्न सकेकाे थिएन।
पनिकाले जनशक्तिकाे अभाव, चाडपर्व तथा तालाबन्दीका कारण नतिजा प्रकाशनमा ढिलाई भएकाे बताएकाे थियाे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि
-
मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा
-
माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी