बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज, नेपाललाई सिरिज जोगाउने चुनौती

बुधबार, ३० कात्तिक २०७९, ०८ : १२
बुधबार, ३० कात्तिक २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जोगाउने चुनौती छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । घरेलु टोली नेपालविरुद्ध युएईविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ ।

तीन खेलको सिरिजमा युएई १–० ले अघि छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १–१ को स्थितिमा ल्याउन चाहन्छ ।

दुई टोलीबीच हालसम्म ७ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल मात्र २ खेलमा विजयी भएको छ । यूएई ५ पटक विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप