शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरहीन सीएचसी स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

बुधबार, ३० कात्तिक २०७९, ०९ : १२
बुधबार, ३० कात्तिक २०७९

ग्लोवल हेल्थ केयरले उत्पादन गरेको सीएचसी ह्याण्ड सेनिटाइजर गुणस्तरहीन पाइएको भन्दै औषधि व्यवस्था विभागले उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको छ । 

विभागले उक्त स्यानिटाइजर विक्रि वितरण नगर्न  पनि वितरकहरुलाई अग्रह गरेको छ । यसअघि निर्वाचन आयोगले पनि मतदान केन्द्रमा उक्त स्यानिटाइजर पठाइएकोमा  गुणस्तरहीन भएपछि  प्रयोग नगर्न  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको थियो ।  

औषधि व्यवस्अथा विभागका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो । स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै विभागले उक्त स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप