शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बुधबार, ३० कात्तिक २०७९, १२ : ०७
बुधबार, ३० कात्तिक २०७९

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रूपैयाँ कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रूपैयाँले बढेर १ हजार ३२५ रूपैयाँमा किनबेच भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप