बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन गरेर कमजोरी सच्याउँछौँ : महत

बुधबार, ३० कात्तिक २०७९, १२ : ५९
बुधबार, ३० कात्तिक २०७९

ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानमा टेकेर कमजोरीलाई  सुधार गर्ने बताएका छन् ।  मोरङको  सुन्दरहरैंचा-७ गछियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले​ दुईदुई पटक संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले हात उठाएको दाबी गरे ।

उनले कानुनी शासन, उद्योग स्थापना, रोजगारी सिर्जना गर्ने र पूर्वाधारको विकास गर्न गठबन्धनले जित्नु पर्ने बताए । ५ वर्षभित्र ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई भत्ता दिने कुरामा गठबन्धन सहमत भएको बताउँदै उनले नेपाललाई समुन्नत राष्ट्रको दाँजोमा पुर्याउने बताए ।

कुरा गरेर देश अगाडि नबढ्ने भन्दै उनले ओली २ घण्टा बोल्ने तर काम नगर्ने गरेको र कांग्रेस सभापति शेरबहादुर देउवा ५ मिनेट पनि नबोल्ने तर काम गर्ने गरेको बताए । जुटाएर देश चल्ने फुटाएर नचल्ने भन्दै उनले अहिलेको गठबन्धनले सबै दललाई मिलाउने भूमिका खेलिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप