बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा १३ अंकको वृद्धि, कारोबार रकम खुम्चियो

बुधबार, ३० कात्तिक २०७९, १५ : ३२
बुधबार, ३० कात्तिक २०७९

हिजो मंगलबार ६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३ अंकले बढेको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा दोहोरो अंकले बढेर बन्द भएको हो ।

१३ अंकले बढेर परिसूचक १९ सय ११ अंकमा पुगेको दिन आज नेप्सेमा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । हिजो मंगलबार परिसूचक ६ अंकले घट्दा १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य बढेर ३५३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्यमा आजै ३२ रुपैयाँ प्रतिकित्ताको वृद्धि देखिएको छ । यसपछि गनपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँले बढेर ८०७ रुपैयाँ पुगेको छ ।

यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यस कम्पनीको सेयर मूल्य ४.१३ प्रतिशतले घटेर १६ सय रुपैयाँमा आइपुगेको छ । यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत ३.६८ प्रतिशतले घटेको छ ।

नेप्से १३ अंकले बढेको दिन रिधि पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस्तै, नाग्दी ग्रुप पावरको सेयर सबैभन्दा धेरै पटक कारोबार भएको छ । यस कम्पनीको १ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप