उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय

काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् । मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । मतगणनास्थलमा चाहिँ गणना नसकिएसम्म मदिरा बेचबिखन गर्न पाइँदैन । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।
त्यस्तै, उपत्यकामा मंसिर ४ मा सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड बाहेकका सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । तीनवटै जिल्ला प्रशासन कार्यालयले मंसिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको ३० लाख घाटा बेहोर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
-
बाँकेमा घडियाल गोहीको संरक्षण
-
डिज्नीमा ७ हजार मानिसको जागिर जाने, सिइओले बताए कारण
-
त्रिशूली जलविद्युत् आयोजना : हिउँदमा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने
-
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अङ्कले वृद्धि
-
टर्की : भूकम्पबाट बाँचे तर खुल्ला आकाश मुनी ठिहिर्याउने चिसोमा कसरी बसिरहेका छन् मानिस ?