जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाहीको माग
बुधबार, ३० कात्तिक २०७९, २० : ४६

सिके राउत नेतृत्वको जनमत पाटीले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम गरेको भन्दै जनता समाजवादी पार्टीले सो पार्टीलाई कारबाही गर्न माग गरेको छ ।
टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा जनमत पार्टीका कार्यकर्ताहरूले भ्रम फैलाई मतदातालाई भ्रमित गर्ने कार्य गरिरहेको भन्दै कारबाहीको माग गरिएको जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले बताए ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोलेको भिडियालाई बिगारेर नक्कली आवाज राखेर जनतालाई भ्रम फैलाउने काम गरेको भन्दै कारबाहीको माग गरिएको उनले बताए ।
चुनावी अभियानमा रहेको अवस्थामा सिके राउतका कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीतका कार्यहरु गरेको भन्दै उनले जसपाका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीलाई समर्थन गरेको जस्ता भ्रमपूर्ण कार्यहरू गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख