बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इटालीको जितमा ग्रिफोको दुई गोल

बिहीबार, ०१ मङ्सिर २०७९, ०९ : ०५
बिहीबार, ०१ मङ्सिर २०७९

फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे । 

इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो । आर्डिअनले खेलको १६ औं मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए । 

२५ र ६४ औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए । कतार विश्वकपमा भने दुवै टोली बाहिर छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप