शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइडिया स्टुडियो सिजन ७ सुरु

बिहीबार, ०१ मङ्सिर २०७९, १० : ०९
बिहीबार, ०१ मङ्सिर २०७९

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ  । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा  पत्रकार सम्मेलनको आयोजना गर्दै  ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको  हो । 

आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५००  भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो ।  त्यस मध्ये ३५० भन्दा बढी  व्यवसायहरु इन्क्युबेट भइसकेका छन् ।  आइडिया स्टुडियो नेपालबाट  इन्क्युबेट भएका  व्यवसायहरु मध्ये  ६५ भन्दा बढि व्यवसायहरु सफलतापूर्वक संचालनमा रहेका छन् ।

आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिदै सोहि विचारहरुलाई उत्कृष्ट बनाउन सर–सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन  कार्यक्रम , मेन्टरशिप ,  रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउँदै आएको छ ।

हाल सम्म आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।     

उक्त आइडिया स्टुडियो सिजन ७को पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वल्र्ड वाईल्ड लाइफ फण्ड नेपालका देश प्रतिनिधि  डा.घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा,  शिलापत्रका सहसंस्थापक, अध्यक्ष डा.  सुरेश सिम्खडा, स्पेस  ४ केका एम.डी प्रभात चलौने , नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणाली का सि.इ.ओ सन्जिब सुब्बा , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवाली र काठमाडौं मोडल कलेजका प्रध्यापक सुरेन्द्र सुबेदीले आफ्ना मन्तब्य  राखेका थिए । 

आइडिया स्टुडियो सिजन ७ मा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरूले पुस १७ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप