बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

आर्टेमिस :  मानिसलाई फेरि चन्द्रमामा पठाउने तयारी सुरु, तर  के–के छन् चुनौती ?

विहीबार, ०१ मंसिर २०७९, ११ : ४१
विहीबार, ०१ मंसिर २०७९

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अहिलेसम्मकै ठूलो रकेट प्रक्षेपण गरेको छ । यो रकेट फ्लोरिडाको केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको हो ।

प्रक्षेपण हुनेबित्तिकै आर्टेमिस नामको यो १०० मिटर लामो रकेट ठूलो आवाज र तेज प्रकाशसहित आकाशतिर उड्यो ।

यस अभियान अन्तर्गत, चन्द्रमाको दिशामा एउटा एस्ट्रोनट क्याप्सुल पठाइनु पर्ने थियो अर्थात् एउटा यस्तो अन्तरिक्ष यान जसमा मासिन पठाउन सकियोस् ।

ओरियन नामको यो अन्तरिक्ष यानमा कोही मानिस थिएनन् । तर यदि यो प्रयोग सफल भए आगामी मिसनमा चन्द्रमाको सतहमा जाने यस्तो यानमा मानिसलाई पनि पठाउन सकिनेछ ।

बुधबारको सफल प्रक्षेपण अघि, आर्टेमिसको दुई प्रक्षेपण असफल भएको थियो । प्राविधिक समस्याका कारण अगस्ट र सेप्टेम्बरको लञ्चिङ काउन्टडाउनका क्रममा असफल भएको थियो ।

तर यस पटक यी समस्या सुल्झाइएको थियो र यो रकेट कुनै अवरोध बिना केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरियो ।

नासाका प्रशासक बिल नेल्सनले भने, ‘मैले अहिलेसम्मको सबैभन्दा ठूलो ज्वाला देखेँ । यसअघि यति तेज आवाज महसुस गरेको थिइनँ ।’

राम्ररी प्रक्षेपण गर्न रकेटमा धेरै प्राविधिक परिवर्तनहरू गरियो । रकेटलाई पृथ्वीभन्दा माथि उठेर चन्द्रमातर्फ सही दिशामा जानको लागि विशेष व्यवस्था गरिएको थियो ।

आधा शताब्दीपछि पुनः चन्द्रमा मिसन

अब यो अन्तरिक्ष यानले आफ्नो युरोपेली प्रोपल्सन मोड्युलमा भर पर्नु पर्नेछ ताकि यसले सम्पूर्ण मिसन अवधिभर राम्रोसँग काम गरिरहोस् ।

युरोपेली अन्तरिक्ष एजेन्सीमा ह्युमन स्पेसलिफ्टका निर्देशक डेभिड पार्करले बीबीसी न्यूजसँग भने, ‘हामीले ओरियनको उडानको दिशा निर्धारण गर्दा पनि सर्भिस मोडलको तर्फबाट केही परिवर्तन गरिए ।  चन्द्रमाको कक्षमा परिक्रमा गरेपछि सुरक्षित रूपमा पृथ्वीमा फर्कने पल अब हाम्रो लागि सबैभन्दा रोचक क्षणहरू मध्ये एक हुनेछ ।’

डिसेम्बरमा अपोलो १७ मिसनको पचास वर्ष पुरा हुनेछ जब अन्तिम पटक मानिसले चन्द्रमामा कदम राखेको थियो ।

नासाले आफ्नो हालको चन्द्र अभियानको नाम आर्टेमिस राखेको छ । ग्रीक पौराणिक कथा अनुसार आर्टेमिस अपोलोकी जुम्ल्याहा बहिनी थिइन् ।

जटिल मिसनहरूको श्रृंखला सुरु गरिनेछ

नासा अब अर्को दशकमा थप जटिल मिसनहरूको श्रृंखला सुरु गर्न चाहन्छ।

सन् १९७२ मा, अपोलो अन्तरिक्ष यात्री जिन सरनेनले अन्तिम पटक चन्द्रमामा आफ्नो पाइलाको छाप छोडेका थिए । चन्द्रमाको सतहबाट फर्कदैँ गर्दा उनले चन्द्रमामा फर्कन धेरै समय नलाग्ने विश्वास व्यक्त गरेका थिए । तर ५० वर्ष बितिसक्यो । तर आज फेरि एकपटक चन्द्रमामा मानव मिसनको दिशातर्फ कदम चालिएको छ ।

शक्तिशाली इन्जिनसहित अन्तरिक्षमा प्रक्षेपण गरिएको नासाको नयाँ रकेटले हामीलाई अन्तरिक्ष यात्राको नयाँ युगमा लैजानेछ ।

एक सुरक्षित प्रणालीको ग्यारेन्टी हुनुपर्छ

यदि नासाको यो मिसन सफल भयो भने अर्को पटक मानिसले यानमा बसेर चन्द्रमाको परिक्रमा गर्न सक्नेछ र त्यसपछि चन्द्रमाको सतहमा पनि अवतरण गर्न सक्नेछ ।

तर हाल यात्रा जारी छ । ओरियन अन्तरिक्ष यान आफ्नो बाटोमा हुनसक्छ, तर यसले अझै दसौँ लाख माइल निश्चित गर्नुछ । यसले चन्द्रमा र त्यसको परिक्रमासम्म यात्रा गरी पृथ्वीमा फर्किनुपर्छ । नासाले अन्तरिक्ष यात्रीहरूलाई यो प्रणाली सुरक्षित छ भनेर देखाउनुपर्छ ।

२६ दिनको यात्रामा ओरियन

ओरियनलाई २६ दिनको यात्रामा पठाइएको हो ।

चन्द्रमाको सतहको धेरै नजिक पुगे पनि ओरियन त्यसबाट १०० किलोमिटर टाढा रहनेछ ।

चन्द्रमाबाट यसको अधिकतम दूरी ७० हजार किलोमिटर हुनेछ । यो मानिसले बनाएको कुनै पनि अन्तरिक्ष यानबाट सबैभन्दा टाढाको दूरी हुनेछ ।

यो डिसेम्बर ११ मा पृथ्वीमा फर्किनेछ । अर्थात्, अबको साढे तीन हप्ता पछि ।

वैज्ञानिकलाई यो कुराको चिन्ता छ कि जब ओरियन धर्तीको वातावरणमा पुनः प्रवेश तब यसको हिट शिल्ड अत्यधिक उच्च तापक्रमलाई झेल्न सक्छ कि सक्दैन ।

किनभने यो ३८ हजार किलोमिटर प्रतिघण्टा अर्थात् आवाजको गतिभन्दा ३२ गुणा छिटो पृथ्वीमा फर्किनेछ । त्यसबेला यसले ३ हजार सेन्टिग्रेड तापक्रमको सामना गर्नेछ । यस्तो अवस्थामा यसको भित्रको कवचले नै यसलाई झेल्नुपर्नेछ ।

अभियानमा बेलायतको भूमिका

यो अभियानमा बेलायतले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । बेलायत युरोपेली अन्तरिक्ष एजेन्सीको सदस्य हो । तर यसका कारणले मात्रै यसले यसमा सहयोग गरिरहेको छैन । यसका अन्य कारण पनि छन् ।

बुधबार कर्नवेलमा गुनहिली अर्थ स्टेशनले ओरियनको रेडियो सिग्नल समातेको थियो । अन्तरिक्षमा जाँदा ओरियनको फ्रिक्वेन्सीमा भएको परिवर्तनको विश्लेषण गर्दा यसले नासालाई धेरै मद्दत गर्‍यो । नासाले थप सुधारको आधार पायो ।

गुनहिलीले एसएलएस रकेटले माथि उठाएका दस मध्ये छवटालाई निर्देशनहरू पठाई रहनेछ ।

‘हाम्रो कम्पनी सुरु भएको १२ वर्ष पनि भएको छैन । हाम्रो उद्देश्य अन्तरिक्षको गहिराइमा सञ्चार गर्नु  हो,’ गुनहिलीका सीईओ इयान जोन्सले भने ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप