शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मस्कको चेतावनी – कडा परिश्रम गर वा अफिस छोड

बिहीबार, ०१ मङ्सिर २०७९, १३ : ५४
बिहीबार, ०१ मङ्सिर २०७९

अमेरिकी टेक व्यवसायी एलन मस्कले ट्वीटरका कर्मचारीहरूलाई इमेल लेखेर कि त मेहनत गर्न तयार हुन वा जागिर छोड्ने तयारी गर्न अल्टिमेटम दिएका छन् ।

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले यो मुद्दामा प्रकाशित रिपोर्टमा बताए अनुसार मस्कले आफ्ना कर्मचारीलाई बिहीबारसम्म कडा परिश्रम गर्न वा जागिर छाड्ने निर्णय गर्न भनेका छन् ।

मस्कले आफ्नो मेलमा ट्वीटरलाई आगामी दिनमा सफल बनाउन निकै मेहनेत गर्नुपर्ने पनि बताएका छन्, जसको अर्थ धेरै मिहिनेतका साथ लामो समयसम्म काम गर्नुपर्नेछ ।  केवल उत्कृष्ट कार्यसम्पादनले मानिसहरूलाई आफ्नो पदमा रहन सर्त हुने पनि इमेलमा बताइएको छ ।

करिब ४४ बिलियन डलरमा ट्विटर खरिद गरेदेखि, मस्कले कम्पनीमा धेरै संरचनात्मक परिवर्तनहरू गरिरहेका छन् । यसमा ट्विटरको ब्लु टिक प्रमाणीकरणको लागि शुल्क लागू गर्ने नीति पनि समावेश छ ।

मस्कले आगामी दिनमा फेरि एकपटक ब्लू ट्विटर लन्च गर्न लागेका छन् । र यी परिवर्तन अघि, मस्कले ट्विटरबाट ३५ हजारभन्दा बढी कर्मचारीहरूलाई निकालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप