बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिजाएको चना खाँदा स्वास्थ्यलाई यस्ता ६ फाइदा, सधैं बिहान खाली पेटमा खानुहोस्

बिहीबार, ०१ मङ्सिर २०७९, १४ : ०३
बिहीबार, ०१ मङ्सिर २०७९

धेरैजसो मानिसले कालो चनालाई कुनै न कुनै रूपमा सेवन गरिरहेकै हुन्छन् । धेरैले कालो चनाको दाल पकाएर खाने गर्छन् भने कतिपयले चना भुटेर खान रुचाउँछन् । यसबाहेक कोही मानिसले उसिनेको चना खाने गर्छन् । यसबाहेक  चना भिजाएर पनि खान सकिन्छ । भिजाएको चना खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । चनामा प्रोटिन, फाइबर, ऊर्जा, आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, जिंक, कपर, भिटामिन बी३ र सोडियमजस्ता पोषक तत्व पाइन्छ । यसबाहेक चनामा एन्टिअक्सिडेन्ट, एन्टी इन्फ्लेमेटरी, एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण पनि पाइन्छ । यदि तपाईंले भिजाएको चना दैनिक खानुभयो भने तपाईंले धेरै फाइदा लिन सक्नुहुन्छ । भिजाएको चना खाएमा सधैँ स्वस्थ रहन सकिन्छ । भिजाएको चना खाँदा के फाइदा हुन्छ भन्ने बारे जानकारी लिऔँ ।

भिजाएको चना खानुका फाइदा

१. पाचन प्रक्रिया सुधार गर्छ

पाचनशक्ति बलियो बनाउन भिजाएको चना दैनिक खान सकिन्छ । वास्तवमा चनामा फाइबरको मात्रा बढी हुन्छ । फाइबरले आन्द्रा र पेटबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसले तपाईंको शरीरलाई डिटक्स गर्छ, पेटसँग सम्बन्धित समस्याहरू पनि समाधान गर्छ । ग्यास, कब्जियत वा अपच जस्ता पाचन समस्या छ भने भिजाएको चना खान सक्नुहुन्छ । ग्यासबाट छुटकारा पाउन भिजाएको चनामा कागतीको रस, जीराको धुलो छर्कन सकिन्छ ।

२. मुटुको स्वास्थ्यको लागि लाभदायी

भिजाएर चना खाँदा मुटुको स्वास्थ्यमा पनि सुधार हुन्छ । चनामा एन्टिअक्सिडेन्ट एन्थोसायनिन्स र फाइटोन्यूट्रिएन्टहरू पाइन्छ । यी सबै तत्वले मुटु र रक्तनलीलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसबाहेक चनामा पाइने पोटासियम, फोलेट र म्याग्नेसियम पनि मुटुका लागि फाइदाजनक हुन्छ । मुटु रोग छ भने डाक्टरको सल्लाह पछि मात्र भिजाएको चना खानुहोस् ।

३. तौल घटाउन उपयोगी

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भिजाएको चना खाली पेटमा दैनिक सेवन गर्न सक्नुहुन्छ । चनामा फाइबरको मात्रा बढी हुन्छ । भिजाएको चना बिहान खाएमा लामो समयसम्म भोक लाग्दैन । यसो गर्दा तपाईंले धेरै खानेकुरा खानबाट बच्नुहुनेछ र तपाईंको तौल नियन्त्रणमा रहनेछ । बिहानको खाजामा भिजाएको चना खान सकिन्छ । यसो गर्दा बारम्बार खाने इच्छा कम हुन्छ ।

४. कोलेस्ट्रोल नियन्त्रण गर्छ

भिजाएको चना खाँदा पनि कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्न सकिन्छ । कालो चनामा फाइबर धेरै हुन्छ, ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यदि तपार्इं भिजाएको चना दैनिक खानुहुन्छ भने, यसले तपार्इंको रगतमा चिनी र कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्दछ । तर यदि कोलेस्ट्रोलको मात्रा बढेको छ भने तेलमा चना भुटेर खानु हुँदैन ।

५. रक्तअल्पत्ता हटाउँछ

चनामा फलामको मात्रा धेरै हुन्छ । भिजाएको चना दैनिक खाएमा रक्तअल्पत्ताको समस्याबाट बच्न सकिन्छ किनभने चनामा फलामको मात्रा बढी हुन्छ । फलामले रातो रक्त कोशिकाको उत्पादन बढाउँछ, जसले हेमोग्लोबिनको स्तर बढाउँछ र रक्तअल्पत्ता हटाउँछ । यदि तपाईंले दिनहुँ भिजाएको चना खानुभयो भने, तपाईं दिनभर ऊर्जावान महसुस गर्न सक्नुहुन्छ ।

६. भिजाएको चना महिलाका लागि फाइदाजनक

भिजाएर चना खाँदा महिलाका लागि निकै फाइदाजनक हुन्छ । वास्तवमा, चनामा सेपोनिन नामक फाइटोन्यूट्रिएन्ट हुन्छ, जसले क्यान्सरको जोखिम कम गर्न सक्छ । यसका साथै भिजेको चना खाँदा ओस्टियोपोरोसिसबाट बच्न पनि मद्दत मिल्छ । भिजेको चना खाँदा रजोनिवृत्तिपछिका लक्षणहरू कम गर्न पनि मद्दत मिल्छ । महिलाले आफ्नो समस्या कम गर्न शुद्ध घिउमा भुटेको चना खान सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप